एनसेलको टावरमा बम विस्फोट

April 11, 2024
- ADVERTISEMENT -

काठमाडौं, चैत २९- एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । बिहीवार विहान १ बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका-४ मा​ रहेकाे एनसेल टावरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले पुष्टि गरे । 

विस्फोटबाट टावरका तारहरू जलेको र आसपासको क्षेत्रमा एनसेलको माेबाइल सेवा अवरुद्ध भएको छ । बम विस्फोट भएको ठाउँमा जनमुक्ति सेना नेपालको पर्चा भेटिएको डीएसपी खड्काले जानकारी दिए ।​ उनका अनुसार घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।

यसअघि २ चैतमा सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -