एमाले कालिका-१ वडा कमिटी गठन, अध्यक्षमा बलराम श्रेष्ठ चयन

April 10, 2024

रत्ननगर, चैत २८- नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिका-१ वडा कमिटी गडुवामा नयाँ वडा कमिटी गठन गरिएको छ । वडा कमिटीका अध्यक्ष रामु वम्जनको अध्यक्षतामा सम्पन्न दोस्रो वडा अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा १७ सदसीय नयाँ कालिका-१ वडा कमिटी गठन गरेको हो ।

जस्को अध्यक्षमा बलराम श्रेष्ठ, उपाध्यक्ष पवित्र लामा, सचिव रुपेन्द्र स्याङ्दान, उपसचिव साबित्री चापागाई, सन्देश राई र सदस्यहरुमा टुकमाया सोती, एन्जिला श्रेष्ठ, ढोलनाथ चापागाई, लक्ष्मी परियार, मोतिमाया वि.क, आशा तामाङ, जीवन लामा, सरस्वती खत्री, खगेन्द्र शर्मा चापागाई, काजिमान मगर, शर्मिला चापागाई, पंचविर घिसिङ सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कहि कतै पनि विचलित नभएर गौरव गर्न लायक पार्टी एमालेमा सक्रिए भएर लाग्न अनुरोध गरे ।

कालिकाका हरेक समस्याहरु बिस्तारै बिस्तारै नेकपा एमालेले समाधान गर्दै गईरहेको बताए । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष कमल पाठक, एमाले जिल्ला कमिटी सदस्य तथा बागमती प्रदेश २ (क) का ईन्चार्ज बिनोद रेग्मी, नगर कमिटी अध्यक्ष केशव लामा, प्रदेश कमिटी सदस्य तथा जनतासंग एमाले अभियान २०८० का संयोजक खुमनारायण श्रेष्ठ, ऐमाले जिल्ला कमिटी सदस्य तथा कार्यक्रमकी सह संयोजक बिमला तामाङ, नगर कमिटी तथा वडा कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

कालिका-१ वडा कमिटीका सचिव बलराम श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नगर कमिटी सचिवालय सदस्य कृष्ण घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।