सिटी र रियलबीच रोमाञ्चक बराबरी : च्याम्पियन्स लिग

April 10, 2024
- ADVERTISEMENT -

चैत २८- काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी र सर्वाधिक १४ पटकको विजेता रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा ३-३ को बराबरी खेलेका छन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको पहिलो लेगमा दुवै टोलीले अग्रता लिए पनि जोगउ नसकेनन् र खेल बराबरीमा सकियो ।

बर्नार्डो शिल्भाले दोस्रो मिनेटमै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए पनि सिटीकै रुबेन डियाजको आतमघाती गोलमा १२औं मिनेटमा रियलले खेल बराबरी गरेको थियो । त्यसको दुई मिनेटपछि रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए । तर ६६औं मिनेटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए ।

- ADVERTISEMENT -

Advertisement

७१औं मिनेटमा जस्को गार्डिओलले गोल गरेपछि सिटीले फेरि खेलमा अग्रता बनाउँदै जिततर्फ लम्किएको थियो । तर रियलका फेडरिको भाल्भेरेडेले ७९औं मिनेटमा गोल गरी खेल बराबरी गरे ।

- ADVERTISEMENT -

Advertisement

पहिलो लेग रोमाञ्चक बराबरीपछि दोस्रो लेगमा अब दुवै टोलीलाई स्पष्ट जितको आवश्यकता हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -