काठमाडौँ, असार३१– नेकपा एमालेले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो ।
जस अनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् । यस्तै, पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
- ADVERTISEMENT -
राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छिन् ।
- ADVERTISEMENT -
यसैगरी, मानवीर राई रक्षा, दामोदर भण्डारी उद्योग, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।
- ADVERTISEMENT -
प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरूले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ ।
- ADVERTISEMENT -