रत्ननगर,फागुन १- चितवनमा फागुन १९ गते हुने रोटरी मिनी म्याराथुन प्रतियोगिताको तयारी तीब्र पारिएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना हुने उक्त प्रतियोगितामा महिला र पुरुष दुबैको छुट्टाछुट्टै प्रतियोगिता गरिदैछ ।
प्रतियोगितालाई व्यवस्थित र भब्य बनाउन आन्तरिक तयारीलाई तीब्र पारिएको रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा रोटरी मिनी म्याराथुन प्रतियोगिताका संयोजक विपिन पोखरेलले बताए । म्याराथुन प्रतियोगितामा पहिला पुरुष गरी ४०० बढी धावकहरुले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । यस अघि रोटरीले सन २०१९ मा पहिलो संस्करणको मिनी म्याराथुन प्रतियोगिता गरेको थियो । फागुन १९ गते हुने मिनी म्याराथुन दोस्रो संस्करण हो । भरतपुर भ्रमण बर्ष र समग्र जिल्लाको पर्यटन विकासको लागि म्याराथुन प्रतियोगिता आयोजना गरिएको संयोजक पोखरेलले बताए ।
- ADVERTISEMENT -
पुरुष धावकहरुलाई नारायणगढ देखि रत्ननगरको निपनी सम्म १५ किलोमिटर र महिला धावकहरुलाई भरतपुरको सिमानादेखि रत्ननगरको निपनी सम्म पाँच किलोमिटर दुई कायम गरिएको पोखरेलले बताए । कार्यक्रम नारायणी नदीको किनारमा उद्घाटन भएर रत्ननगरको निपनीस्थित होटर स्टार चितवनमा समापन गर्ने तयारी गरिएको छ ।
- ADVERTISEMENT -
पुरूषतर्फ प्रथम हुनेलाई एक लाख नगदसहित प्रमाणपत्र र चाँदीको मेडल, द्वितीय हुनेलाई ५० हजार नगदसहित प्रमाणपत्र र चाँदीको मेडल, तृतीय हुनेलाई २५ हजार नगदसहित प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई १० हजार नगदसहित प्रमाणपत्र, पाँचौँ हुनेलाई पाँच हजार नगदसहित प्रमाणपत्र, छैटौँदेखि दसौँसम्म हुनेलाई तीन हजार नगदसहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङ समुदायका धावकहरुलाई जनही २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।
- ADVERTISEMENT -
महिलातर्फ प्रथम हुनेलाई २० हजार नगदसहित प्रमाणपत्र र चाँदीको मेडल, द्वितीय हुनेलाई १० हजार नगदसहित प्रमाणपत्र र चाँदीको मेडल, तृतीय हुनेलाई ५ हजार नगदसहित प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई ३ हजार नगदसहित प्रमाणपत्र, पाँचौँ हुनेलाई २ हजार ५०० नगदसहित प्रमाणपत्र, छैटौँदेखि दसौँसम्म हुनेलाई २ हजार नगदसहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङ महिलालाई एक हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
१५ किलोमिटरको दूरीमा हुने खुल्ला म्याराथुनमा राष्ट्रियस्तरका धावकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले सहभागिता जनाउने र सीमान्तकृत चेपाङ समुदायको प्रोत्साहनका लागि चेपाङ समुदायबाट प्रतिस्पर्धामा सहभागी गराउने क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको पहिलो पुरस्कारको सौजन्य एक्सपर्ट एजुकेशन भिजा सर्भिसले गरेको छ । रोटरी मिनी म्याराथुन प्रतियोगितामार्फत समग्र जिल्लाको पर्यटन प्रवद्र्धन र जिल्लाको पहिचान गराउने उद्देश्य रहेको प्रतियोगिता आयोजना गरिएको हो ।