काठमाडौं, माघ २९- आईसीसी यू–१९ विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।
अष्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारतले ४३.५ ओभरमा अलआउट हुँदै मात्र १७४ रन बनाउन सक्यो ।
- ADVERTISEMENT -
भारतका लागि आदर्श सिंहले ७७ बलमा एक छक्का र चार चौकासहित ४७ रन बनाए । त्यस्तै मुरुगन पेरुमल अभिषेकले ४२, मुशीर खानले २२ रन बनाए ।
- ADVERTISEMENT -
अष्ट्रेलियाका लागि महली बर्डम्यान र राफेल म्याकमिलनले तीन तीन विकेट लिए । चार्ली एन्डरसनले एक विकेट लिए ।
- ADVERTISEMENT -
त्यसअघि ब्याटिङ गरेको अष्ट्रेलियालेले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान ह्युज वेइबगेनले ४८ रन, ह्यारी डिक्सनले ४२ र ओलिभर पिकले ४६ रनको योगदान दिए
- ADVERTISEMENT -
भारतका लागि राज लिम्बानीले ३ र नमन तिवारीले २ विकेट लिए ।
भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको थियो भने पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले दोस्रो सेमिफाइनलबाट विश्वकपको फाइनल यात्रा तय गरेको थियो ।