रत्ननगर वडा नं ९ मा खानेपानी सुरक्षा तथा सरसफाई सम्बन्धी अन्तर्क्रिया

0
9

रत्ननगर, माघ २८- रत्ननगर नगरपालिका वडा नं ९ मा आइतबार पानी सुरक्षा तथा सरससफाई सम्बन्धी अन्तर्कियात्मक प्रशिक्षण कार्यक्रम गरिएकाे छ ।

रत्ननगर खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था अन्तर्गत वडा नं ९ वडा समितिले आयाेजना गरेकाे कार्यक्रममा खानेपानी सुरक्षाका लागि संस्था र उपभाेक्ता स्तरबाट गर्नु पर्ने प्रयास र सरसफाईकाे बारेमा प्रशिक्षण दिइएकाे थियाे ।

कार्यक्रममा संस्थाका इन्जिनियर ज्ञानप्रकास पाैडेलले खानेपानी सुरक्षा र सरसफाईका बारेमा प्रकाश पारका थिए । कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष माधव अर्यालले खानेपानीकाे स्राेत संरक्षणमा संस्थाले ध्यान केन्द्रित गरेकाे बताए ।

उनले खानेपानीकाे सुरक्षाकाे लागि चुहावट राेक्ने गरि काम गरिरहेकाे बताए । कार्यक्रमकाे विशिष्ठ अतिथि वडाध्यक्ष अनन्त अधिकारी रहेका थिए ।

वडा समितिका संयाेजक रामहरी मैनालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाकी काेषाध्यक्ष सरस्वती लामाले स्वागत मन्तब्य राखेकी थिइन् ।

कार्यक्रममा संस्थामा सचिव प्रताप डल्लाकाेटी,मिलिजुली सामुदायिक वनका अध्यक्ष मेघनाथ पाैडेल लगायतले मन्तब्य राखेका थिए । वडा समिति सचिव रामु पाैडेलले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा ६५ जनाकाे सहभागिता रहेकाे थियाे ।