पाँचाैं मनहरी महाेत्सव : एकै दिन १२ हजारले गरे अवलाेकन

0
20

मकवानपुर,माघ २०- मकवानपुर जिल्लाकाे मनहरी बजार नजिक आयाेजना गरिएकाे पाँचाै मनहरी महाेत्सवमा अबलाेकनकर्ताकाे संख्या बढ्दै गएकाे छ ।

मनहरी उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले आयाेजना गरेकाे उक्त महाेत्सवमा शनिवार मात्र १२ हजारले अबलाेकन गरेकाे समितिका अध्यक्ष तथा महाेत्सव मेल समाराेह समितिका संयाेजक गणेश मानन्धरले जानकारी दिए । माघ १६ गते मनहरी गाउँपालिका वडा नं ७ मनहरी खाेलामा माघ १६ गतेबाट सुरु भएकाे महाेत्सवमा हरेक दिन पाँच हजार बढीले अवलाेकन गरेका छन् ।

२८ गते सम्म सञ्चालन हुने उक्त महाेत्सवमा १५० वटा स्टलहरु रहेका छन् । महाेत्सवमा कृषि, पर्यटन र स्थानीय व्यापार प्रबर्द्धनमा जाेड दिएकाे छ ।

महाेत्सवमा स्थानीय उत्पादन माछा,च्याउ र केराकाे उत्पादन र बजारिकरणमा जाेड दिइएकाे छ । महाेत्सवमा ग्रामिण क्षेत्रका बासिन्दाकाे बढी आकर्षण रहेकाे छ ।

कृषि, पर्यटन र व्यापार, ग्रामिण विकासकाे मुल आधार भन्ने मुल नाराका साथ आयाेजना गरिएकाे उक्त महाेत्सवमा आर्थिक अबस्था कमजाेर भएका परिवारले पनि सजिलै खरिद गर्न सक्ने सुपथ मुल्यका पसलहरु समेत रहेकाे महाेत्सवका व्यवस्थापक रामेश्वर रिजालले जानकारी दिए । महाेत्सव परिसर प्रवेश गरेका अबलाेकनकर्ताले स्टलबाट केही न केही सामान खरिद गरेर लगेका छन् ।

महाेत्सवमा कृषि उपज प्रदर्शनी, बाल उद्यान, ग्रामिण पर्यटन तथा विभिन्न व्यापारिक स्टलहरु रहेकाे उनले जानकारी दिए ।

महाेत्सवमा आर्थिक काराेबारसंगै राष्ट्रिय कलाकारहरुकाे प्रस्तुतीमा अबलाेकनकर्ता रमाएका छन् ।

मनहरी गाउँपालिक संरक्षक रहेकाे साे महाेत्सवकाे सहआयाेजकमा राक्सिराङ र कैलास गाउँपालिका रहेका छन् ।