विश्व सिमसार दिवस : बाघमारा सामुदायिक वनद्वारा सचेतनामुलक प्रशिक्षण

0
14

रत्ननगर,माघ २०-“सिमसार: मानव हितको आधार।” भन्ने मुल नाराको साथ २८ औं विश्व सिमसार दिवसको अवसरमा शुक्रबार पर्यटक नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

वडा नं ७ का वडाध्यक्ष सजना महताेले कार्यक्रम उद्घाटन गरेका थिए  समुदायका अगुवा, वनमा आस्रित समुदाय, संरक्षणकर्मी र पर्यटन व्यवसायीहरुलाई वनमा रहेको बुढी राप्ती नदिमा डुङ्गा सयरका साथै वन भित्र रहेका सिमसार क्षेत्रको अवस्था अध्यन अवलोकन गरिएको थियो।

कार्यक्रममा रास्ट्रिय प्रकृति संरक्षण कोषका रेन्जर ऋषिराम सुवेदी, बाघमारा वनका अध्यक्ष जित बहादुर तमाङ र वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले सिमसारको महत्त्व र वर्तमानमा नेपालको सिमसारको अवस्थाको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सौराहा लेडिज जेसिसका अध्यक्ष सुनिता घिमिरे, समुदायमा आधारित वन्यजन्तु चाेरी सिकार नियन्त्रण युवा जागरण अभियान बछौलीका अध्यक्ष बसन्त राना, नेचर गाइड एसोसिएसनका अध्यक्ष अनिल कुमार गुरुङले मन्तव्य राखेका थिए ।

कार्यक्रम वनका अध्यक्ष जित बहादुर तमाङको अध्यक्षतामा भएको थियो