साईनिङ्ग बोडिङको बसको ठक्करबाट गैँडाकोटमा एक बालकको मृत्यु

0
19

गैँडाकोट, माघ १७- गैँडाकोटमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित साईनिङ्ग बोडिङ स्कुलको ना १ क ३६६७ नम्बरको बसको ठक्करबाट गैँडाकोट ६ घर भएका ५ वर्षका वालक स्वस्थी बाचेको मृत्यु भएको हो ।

अपरान्ह ४ः ३० वजे बसको ठक्करबाट गम्भिर घाइते भएका बालकको उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा राति ९ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बालकलाई ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आफ्नो नियन्त्रणमा लिएको छ