नेविसंघ रत्ननगरद्वारा पूर्ववपश्चिम राजमार्गमा राखियो ८० थान डस्टविन

0
20

चितवन, माघ १७- नेपाल विद्यार्थी संघ रत्ननगर ईकाइद्वारा माघ १६ गते सहिद दिवसको अवसरमा फोहोर व्यवस्थापनमा सहयोग पुरयाउने उद्धेश्यले ८० थान डस्टविन राखेको छ । रत्ननगरको टिकौली चौरबाट टाँडीको तरकारी चोकसम्म पूर्ववपश्चिम राजमार्गको दुवै क्षेत्रमा ४० ४० वटा डस्टबिन राखेको छ । यसले वातावरण संरषणमा समेत टेवा पुराउने नेविसंघ रत्ननगरले जनाएको छ ।

मंगलबार बिहान टिकौलीमा एक कार्यक्रम गरि डस्टविन राख्ने कार्यक्रमको औपचारिक शुरुवात गरिएको हो । डस्वीन राख्ने कार्यको शुभारम्भ गर्दै राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेलले फोहोर व्यवस्थापनको क्षेत्रमा नेविसंघले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले जनचेतना जगाउने कार्यमा संघ संस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै जोकोहीलाई डस्टविनको उचित सदुपयोग गर्न सुझाए ।

नेविसंघ रत्ननगरका अध्यक्ष नविन थापाले रत्ननगर नगरपालिका तथा केही व्यवसायीहरूको सहयोगमा ८० वटा डस्टविन राख्न सफल भएको बताए । राजमार्गमा फोहोर व्यवस्थापन गर्न तथा सफा सुन्दर रत्ननगर बनाउन नेविसंघ प्रयासरत रहेको बताउदै , यस अभियानमा रत्नननगर नगरपालिकाले सहयोग गरेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान जिल्ला जितनारायण श्रेष्ठ, जिल्ला उपसभापति शालिग्राम शर्मा, सचिव धुव्रराज पोखरेल, रत्ननगरका मेयर तथा नगर सभापति प्रलाद सापकोटा, क्षेत्रिय सभापति किरणभूषण सिंह ओली, महासमिति सदस्य बासु ढुंगाना, प्रदेश अध्यक्ष गोविन्द गौतम, लोकतान्त्रिक खेलकुद जिल्ला अध्यक्ष सुजन नेपाल, नेविसंघ शहीद स्मृति क्याम्पसका इकाइ सभापति विवेक उदास लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल विद्यार्थी संघ रत्ननगर नगर समितिका सभापति नविन थापाको अध्यक्षतामा भएको थियो ।