नेपाल स्काउटमा १२ वर्षपछि निर्वाचन हुँदै

0
23

काठमाडौँ, माघ १८ – नेपाल स्काउटमा यही माघ २२ र २३ गते निर्वाचन हुने भएको छ। खेलकुदमन्त्रीको पहलमा नेपाल स्काउटमा १२ नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको हो।

नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुदमन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था छ। राजनीतिबाट अलग हुनुपर्ने विश्वव्यापी मान्यता बोकेको स्काउट अभियान कुनै समय नेपालका सबै बिद्यालयमा पुगेको थियो।

तर गणतन्त्र स्थापनापछि स्काउट राजनीतिक खिचातानिको चंगुलमा फस्न पुग्यो।

२०६८ सालमा निर्वाचित समितिले २०७० मा राजीनामा दिएपछि नेपाल स्काउट विभिन्न सरकारले गठन गरेको तदर्थ समितिबाट चल्दै आएको छ।

मन्त्री लिम्बुले गत पुस २३ गते राष्ट्रिय परिषद्को बैठक बोलाएर स्काउटका तीनै तहको निर्वाचन तोकेका हुन्।

भर्खरै मात्र एक लाख सदस्य संख्या पुर्‍याएको नेपाल स्काउट अब निर्वाचनपछि सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।