झुवानी माविमा महालक्ष्मी विकास बैंककाे सहकार्यमा स्पाउस क्लवद्वारा शैक्षिक सामग्री सहयाेग

0
26

रत्ननगर, माघ ८- रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविमा अध्ययनरत विपन्न विद्यार्थीहरुका लागि शैक्षिक सामग्री सहयोग गरिएको छ ।

स्पाउस क्लव अफ आरसी रत्ननगरले विद्यालयका ११८ जना विपन्न विद्यार्थीहरुलाई पोसाक, व्याग,स्टेशनरी तथा विद्यालयका सबै विद्यार्थीहरुलाई खेलकुदका सामग्री सहयोग गरेको हो । साथै स्पाउस क्लवले प्रोजेक्टर सञ्चालनको लागि २ थान ल्यापटप र इसीडी कक्षा सञ्चालनको लागि एक थान टेलिभिजन प्रदान गरिएको छ ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर प्रलाद सापकोटा र क्लवकी अध्यक्ष गीता वाग्ले अधिकारीले विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालय प्रशासनलाई ल्यापटप र टेलिभिजन हस्तान्तरण गरेका थिए। कार्यक्रममा क्लवकी अध्यक्ष गीता वाग्लेले सामाजिक रुपान्तरणको लागि क्लव स्थापना भएको भन्दै बार्षिक कार्ययोजना बनाएर शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताइन् ।

कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खतिवडा, प्रधानाध्यापक नविनचन्द्र भट्टराई, रोटरीका असिष्टेन गभर्नर सुरेन्द्रनाथ रेग्मी,पूर्व डिष्ट्रिक गभर्नर तथा महनलक्ष्मी विकास बैंकका निर्देशक संजय गिरी, पूर्व डिष्ट्रिक गभर्नर सन्तोष रिजाल, डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइराला, स्पाउस डेभलपमेन्ट कमिटीकी अध्यक्ष संगिता गिरी, सहअध्यक्ष नविनिता रिजाल, रोटरी क्वल अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सचिव उषा आचार्यले सञ्चालन गरेको कार्यक्रममा राधिका तिमिल्सिनाले स्वागत मन्तब्य राखेकी थिईन ।

उक्त विद्यालयलाई शैक्षिक सामग्री प्रदान गर्न महालक्ष्मी विकास बैंक,रोटरी क्लव अफ रत्ननगर र वडा नं ५ ले सहयोग गरेका थिए ।

कार्यक्रममा स्पाउस क्लवकी निबर्तमान अध्यक्ष विमला सुवेदी खनाल, रोटरीका पूर्व असिस्टेन गभर्नर विपिन पोखरेल, रोटरी क्लव अफ रत्ननगरका पूर्वअध्यक्षहरु जगन्नाथ अधिकारी, रविन जोशी लगायतको उपस्थिति रहेको थियो ।