रत्ननगर-१५ का गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण

0
43

रत्ननगर,पौष २२- रत्ननगर वडा नम्बर-१५ का गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरिएको छ ।

आइतबार वडा कार्यालयले वडा भित्रका १२ जना गर्भवती र ८ जना सुत्केरी महिलालाई सामग्री वितरण गरेको हो ।

सुरक्षित मातृत्व अन्तर्गत गर्भवती र सुत्केरी आमालाई पोषण तथा सरसफाई सामग्री वितरण गरिएको वडाध्यक्ष आसिक तामाङले जानकारी दिए । पोषण सामग्री अन्तर्गत कुखुरा,अण्डा, चना, दाल लगायतको सामग्री वितरण गरिएको तामाङले बताए ।

पोषण सामग्री वितरण गर्दै वडाध्यक्ष तामाङ्गले गएको वर्षदेखी वडाले पोषण सामग्री वितरण गर्दै आइरहेको भन्दै गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यप्रति वडाले ध्यान दिदै सामग्री वितरण सँगै नियमित स्वास्थ्य जाँच गराइरहेको पनि बताए ।

पोषण सामग्री संग सरसफाई सामग्री समेत वितरण गरिएको कार्यक्रममा वडा सदस्य लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव सुर्यप्रसाद ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम आधारभुत स्वास्थ्य सेवा केन्द्रकी इन्चार्ज रोजीना गिरीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।