रास्वपा पोखरा-१७ को सचिवमा असिम पौडेल

0
31

पोखरा, पुस १७- राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरा महानगरपालिका वडा नं -१७ को सचिवमा असिम पौडेल निर्वाचित भएका छन । शनिवार आयोजित वडाको अधिवेशनमा नौ सदस्य सहित पौडेल निर्वाचित भएका हुन । जसमा सभापतिमा नुर बहादुर विश्वकर्मा , सदस्यहरुमा, दीपक बाबु बराल, राज केसी, मन्जु केसी पौडेल ,रत्न रेग्मी, जुना देवी बास्तोला र राधा कुमारी मल्ल निर्वाचित भएका छन ।

वडाको पहिलो बैठकले सदस्य पदमा निर्वाचित भएका पौडेललाई सचिव पदमा नियुक्त गरेको हो । पौडेल यति बेला देश भरका जुन सुकै स्थानमा रगतको अभाव भएमा आफू ले रगत व्यवस्थापन गर्ने गर्छन । पौडेल विश्वविद्यालय” बि बि ए चौथो सेमेस्टरमा अध्ययनरत छन ।