रत्न्नगर-१० द्वारा विपन्न वर्गलाई बाख्रा वितरण

0
37

रत्ननगर,मंसिर २५ – रत्न्नगर नगरपालिका वडा नं १० ले वडा भित्रका विपन्न घरधुरीलाई आयआर्जनको लागि सोमबार बाख्रा वितरण गरेको छ ।

वडा कार्यालयले उपभोक्ता समिति गठन गरी वडा भित्रका ४७ परिवारलाई बाख्राको पाठी वितरण गरेको हो । चालु आर्थिक बर्षको ६ लाख वडा स्तरीय बजेटबाट बोयर क्रस जातको बाख्रा वितरण गरिएको वडाध्यक्ष कलाधार पौडेलले जानकारी दिए । आर्थिक अबस्था कमजोर भएका घरधुरीको पहिचान गरी बाख्राको पाठी वितरण गरिएको उनको भनाई छ ।

व्यवसायिक रुपमा बाख्रापालनप्रति विपन्न समुदायको लगाब बढाउन बीउको रुपमा प्रतिघरधुरी एउटा बाख्राको पाठी प्रदान गरिएको वडाध्यक्ष पौडेलको भनाई छ ।

सोमबार आयोजित एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष पौडेल,आर्थिक विकास समितिका अध्यक्ष सोहेन्द्रराज खरेल, बाख्रा वितरण उपभोक्ता समितिका संयोजक युगबहादुर थापाले बाख्रा हस्तान्तरण गरेका थिए ।

सो अबसरमा आर्थिक विकास समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि खरेलले व्यवसायिक पाख्रापालनको लागि सुरुवाती चरणमा प्रतिघरघुरी एउटा बाख्रा प्रदान गरिएको बताए ।

कार्यक्रममा वडा सदस्य गोमा भण्डारीले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेकी थिइन् । उपभोक्ता समितिका संयोजक थापाको अध्यक्षतामा भएको कार्यक्रम वडा सचिव सुरेन्द्र चौधरीले सञ्चालन गरेका थिए ।