भरतपुर अस्पतालमा ‘बर्थिङ स्वीट्स रुम’ को सेवा सुरु, स्वास्थ्य मन्त्री बस्नेतद्धारा उद्घाटन

0
50


राजेन्द्र आचार्य
चितवन,मंसिर २५ – चितवनको भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ को सेवा सुरु भएको छ । राजधानी काठमाडौँ उत्यिका बाहिर सबैभन्दा धेरै प्रसुती सेवा दिंदै आएको भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थपि पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ को स्वास्थ्य मन्त्री मोहन बस्नेतले उद्धघाटन गनुृभएको छ ।

भरतपुर अस्पतालमा ‘बर्थिङ स्वीट्स रुम’ को सेवा सुरु, स्वास्थ्य मन्त्री बस्नेतद्धारा उद्घाटन 1

सो अवसरमा बोल्दै भरतपुर अस्पताल विगतमा भन्दा धेरै प्रगतिसहित गुणस्तरी सेवा दिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आम जनताको स्वास्थ्यमा गुणस्तरी पहुँत बृद्धिका बर्थिङ स्वीट्स रुम नयाँ उपलब्धी भएको बताउनुभयो ।

प्राकृतिक रुपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न बर्थिङ युनिट थप गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो । एक करोड रुपैयाँ लागतमा नयाँ युनिट निर्माण गरिएको हो । हाल रहेको प्रसुती भवनको नजिकै नयाँ युनिट थप गरिएको उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालमा ‘बर्थिङ स्वीट्स रुम’ को सेवा सुरु, स्वास्थ्य मन्त्री बस्नेतद्धारा उद्घाटन 2

प्रसुतीका लागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलाहरुलाई उक्त स्वीट्स रुममा राखिने छ । स्वीट्स रुममा पति वा नजिकको अभिभावक सँगै रहने व्यवस्था गरिएको छ ।

प्रसुतीको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकहरुको प्राक्टिसलाई यहाँ प्रयोगमा ल्याउन लागिएको भरतपुर अस्पतालको प्रसुती विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलले बताउनुभयो । उहाँका अनुसार अभिभावकसँगै प्रत्येक स्वीट रुममा एक जना नर्स रहने व्यवस्था गरिएको छ ।

उहाँले भन्नुभयो “यो गर्भवती महिलाले प्राकृतिक रुपमा बच्चालाई जन्मदिने ठाउँ हो ।” प्रसव पीडाको समयमा थप पीडा नहोस्, सहज होस् भन्नका लागि यो प्राकृतिक वातावरणको अवधारणा ल्याईएको बताउँदै भन्नुभयो “प्रसव पीडा पति वा अभिभावकलाई शेयर हुन नपाउँदा महिलालाई थप पीडा महसुस हुन्छ । पतिले पनि सँगसँगै सहयोग सहितको सान्त्वना दिन सकोस् भन्नका लागि यो युनिट निर्माण गरिएको हो ।”

भरतपुर अस्पतालमा ‘बर्थिङ स्वीट्स रुम’ को सेवा सुरु, स्वास्थ्य मन्त्री बस्नेतद्धारा उद्घाटन 3

प्रसुती सेवाका लागि भर्ना भएका गर्भवती महिलाहरुको सम्पूर्ण परीक्षण गरी निरन्तर चिकित्सक आवश्यक नपर्ने अवस्थामा मात्रै स्वीट रुपममा लगिने छ । स्वीट रुममा प्रसुती हुँदा आवश्यक पर्ने सम्पूर्ण सामान पहिले नै तयारी अवस्थामा रहने छन् । सुविधासम्पन्न र आधुनिक भएका कारण स्वास्थ्यका दृष्टिकोणले पनि यो अति महत्वपूर्ण हुने डा. तिवारीले बताउनुभयो । आमालाई पनि सहज हुने गरी सुविधा दिईएको डा. तिवारीको भनाई छ ।

विगतमा बच्चाको मुटुको चाल, आमाको स्वास्थ्यको अवस्था हेरेर तुरुन्त शल्यक्रिया गर्नुपर्ने अथवा भ्याकुम लगाउनु पर्ने अवस्था छुट्याएर सम्बन्धित ठाउँमा लैजाने गरिएको भन्दै उहाँले भन्नुभयो “नौ महिनासम्म गर्भ परीक्षण गर्दा सामान्य भएका र अस्पताल भर्ना हुँदा बच्चा र आमाको अवस्था सामान्य भएकाहरुलाई यहाँ ल्याउँछौं ।”