आगो ताप्ने क्रममा बालक गम्भीर घाइते

0
56

भरतपुर, मङ्सिर २३- इच्छाकामना गाउँपालिका वडा नं–५, मुग्लिनबजारमा शुक्रबार बेलुकी ८:३० बजे आगो ताप्ने क्रममा बालक गम्भीर घाइते भएका छन् ।

वीरेन्द्र मोटर ग्यारेज सञ्चालन गरी बसेका वीरेन्द्र साहका ९ वर्षीय छोरा शिवांसा साहको ग्यारेजमा आगो ताप्ने क्रममा शरीरको विभिन्न भागमा पोलेको अवस्थामा स्थानीय मुग्लिन हाइवे अस्पतालमा उपचार गरिएको थियो ।

शनिबार बिहान २ः०० बजे थप उपचारका लागि काठमाडौँस्थित वर्न सेन्टर कीर्तिपुरमा पठाइएको प्रहरीले जनाएको छ ।