मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते

0
39

खैरहनी , मङ्सिर २३- खैरहनी नगरपालिका वडा नं–१, साईचोकस्थित शुक्रबार बेलुकी ६ः०० बजे मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा ना २२ प ७७९ नम्बरको मोटरसाइकलले साइकलयात्री सोही ठाउँ बस्ने वर्ष ७० का रामाशंकर सहनीलाई ठक्कर दिँदा टाउकोमा चोट लागी घाइते भएका छन् । यस्तै, मोटरसाइकल चालक रत्ननगर–९, मोहनाका २० वर्षीय अभिषेक पाठक दाहिने हात र ढाडमा चोट लागेको छ ।

घाइते दुवैको उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको र मोटरसाइकल र साइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।