भक्तपुर केन्द्रबिन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प

0
38

काठमाडौं, मंसिर १२- भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साँझ ८ बजेर ५० मिनेटमा भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर  ३.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि साँझ ८ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो।