भरतपुरस्थित पुरानो मेडिकल कलेज सामाजिक सुरक्षा कोषद्धारा सम्मानित

0
66

चितवन,मंसिर १२- चितवनको भरतपुर -१० स्थित चितवन मेडिकल कलेज अफ मेडिकल साईन्सेस ( पुरानो मेडिकल कलेज ) सामाजिक सुरक्षा कोषद्धारा सम्मानित भएको छ ।

कोषले बाग्मती प्रदेश अन्तर्गत कलेजले सामाजिक कोष अन्र्तगत रहेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको भन्दै पुरानो मेडिकल कलेजलाई सम्मानित गरेको हो ।

कोषको छैठौं सामाजिक सुरक्षा दिबसको अवसरमा आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा कलेजका प्रमुख प्रा.डा सुदीप केसीलाई प्रसंशापत्र सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मानित गरेका थिए ।कार्यक्रममा पुरानो मेडिकल कलेज सहित काठमाडौं मेडिकल कलेजलाई सम्मानित गरिएको हो ।

सामाजिक सुरक्षा कोष स्थापना भए देखि नै कोषमा आबद्ध भएर मध्य नेपालको उपत्यका बाहिरको पहिलो अस्पतालको रुपमा कलेजले सामाजिक सुरक्षा कोष अन्तर्गत रहेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको पुरानो मेडिकल कलेजले जनाएको छ ।

हाल मध्य नेपालको पूर्वमा जनकपुर देखि पश्चिममा नेपालगन्ज सम्मका सामाजिक सुरक्षा कोशमा आबद्ध हजारौ कर्मचारी हरु पुरानो मेडिकल कलेजमा उपचार सेवा लिन आउने गरेको पुरानो कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।

साथै कलेजले पनि सामाजिक सुरक्षा कोष अन्तर्गत उपचार सेवा लिने शर्त अवस्था र प्रक्रिया बारे सामाजिक सुरक्षा कोषसंगको समन्बयमा विभिन्न अन्र्तक्रिया कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ । कार्यक्रममा श्रममन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्य सचिव लगायत कोष पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।