सौराहामा मंसिर २९ गते देखि साउथ एशियन फिल्म फेष्टिवल हुने

0
45

रत्ननगर,मंसिर ५ – चितवनको पर्यटकीय नगरी सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेष्टिबल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गते देखि पुस ३ गते सम्म सौराहा साउथ एशियन फिल्म फेष्टिवल हुने भएको हो ।

सौराहामा मंसिर २९ गते देखि साउथ एशियन फिल्म फेष्टिवल हुने 1

चलचित्रको माध्यमबाट सौराहा सहित नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले फेष्टिबल आयोजना गरिएको हो । फेष्टिबल चित्रसारी पुल नजिक रहेको खालीचौरमा हुने छ । आयोजकले सोमबार रत्ननगर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिबलको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो ।

सौराहामा मंसिर २९ गते देखि साउथ एशियन फिल्म फेष्टिवल हुने 2

चलचित्र र पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले सरकारसंगको सहकार्यमा फेष्टिबल आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा फेष्टिबल संयोजक विमल पौडेलले जानकारी दिए । सौराहामा पहिलो पटक फिल्म फेष्टिवल हुँदैछ । यसमा स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिका सहित व्यवसायीहरुले समेत साथ दिएको उनले बताए । फेष्टिवलमा नेपाल सहित ८ वटा देशका उत्कृष्ट फिल्महरुको प्रर्दशन र तथा अन्र्तक्रिया समेत गरिने छ ।

सौराहामा मंसिर २९ गते देखि साउथ एशियन फिल्म फेष्टिवल हुने 3

पाँच दिन सम्म चल्ने फेष्टिबलमा अन्य देशका फिल्म निर्माता,कलाकार र नेपालका फिल्म निर्माण र कलाकारहरुको बीचमा अनुभव आदानप्रदान समेत गरिने संयोजक पौडेलले बताए । नेपालको चलचित्र उद्योगलाई माथी उठाउन गर्नुपर्ने अबको प्रयासका बारेमा निर्माणता र कलाकारहरुको बीचमा अन्तरसंवाद समेत गरिने छ । महोत्सव अन्तर्गत तीन दिन चलचित्र र पर्यटनको विकासबारे विज्ञहरु सहितको अन्र्तक्रिया कार्यक्रम हुने छ । सम्मेलनमा ८ राष्ट्रका सेलिब्रेटी कलाकार समेत आउने छ ।

सौराहामा मंसिर २९ गते देखि साउथ एशियन फिल्म फेष्टिवल हुने 4

फेष्टिबल अन्तर्गत नेतृत्व तहमा रहेका व्यक्तिहरु र कलाकार तथा पूर्वी चितवन र पश्चिम चितववनका युवाहरु बीच मैत्रीपूर्ण फूटवल प्रतियोगिता आयोजना गरिएको संयोजक पौडेलले जानकारी दिए । १०० बढी स्टल रहने सो फेष्टिवलमा स्थानीय खानाका परिकारसंगै हस्तकलाका सामाग्री, स्थानीय उत्पादनसंग सम्बन्धित तथा चलचित्र विकास बोर्ड तथा अन्य सिनेमा सम्बन्धी संघसंस्थाहरुको जानकारी मुलक स्टलहरु रहने छ ।

सौराहामा मंसिर २९ गते देखि साउथ एशियन फिल्म फेष्टिवल हुने 5

रेवान सौराहाका पूर्व अध्यक्ष तथा फेष्टिवलका सहयोजक गोकर्ण गिरीले कोरोना र आर्थिक मन्दीले थला परेको सौराहा सहित मुलुकको पर्यटनको विकास गर्ने उद्देश्यले फेष्टिबल आयोजना गरिएको बताए । चलचित्रको माध्यमबाट पर्यटनको विकास सम्भवन रहेको भन्दै उनले साउथ एशियन फिल्म फेष्टिवलले सौराहाको मात्र नभइ मुलुककै पर्यटन विकासमा सहयोग पुग्ने उनले बताए ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेष्टिबलमा चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले समेत सहयोग गरेका छन् । स्थानीय स्तरमा रत्ननगर उद्योग बाणिज्य संघ,क्षेत्रीय होटल संघ, रेवान सौराहा,साना पर्यटन व्यवसायी समुह,युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था,राष्ट्रिय चलचित्र कलाकार संघको सहकार्य रहेको छ । फेष्टिवल सम्पन्न गर्न ८० लाख रुपैया लाग्ने अनुमान गरिएको छ ।

रत्ननगरका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यको सहभागिता रहेको सो पत्रकार सम्मेलनका चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले समेत धारणा राखेका थिए ।