रत्ननगर, कार्तिक २६- रत्ननगर नगरपालिकाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि विजेता समर्पण लामालाई सम्मान गर्ने भएको छ ।




रत्ननगर नगरपालिका वडा नं १३ भीमबहादुर चोक निवासी लामाले सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धाको उपाधि जितेका थिए । भारतीय टेलिभिजनमा गरिएको ‘इन्डियाज बेस्ट डान्सर’ को उपाधि जितेर नगरपालिकाको नामा अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै उनलाई नगरपालिकाले सम्मान गर्न लागेको हो ।




तिहारको अबसरमा आयोजित सयपत्री फूलमाला मेलामा साेमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी लामालाई सम्मान गरिने मेयर सापकोटाले बताए । ‘लामा बहुप्रतिभा भएका युवाहुन’ मेयर सापकोटाले भने ‘उनको थप सफलतामा हौसला प्रदान गर्न सम्मान गर्न लागेका हौं’ ।
प्रकाशित मिति: