चितवन, कार्तिक २६- प्रेस चौतारी चितवनको भवन निर्माण गर्न चितवनका पत्रकार सन्तोष देवकाटाले आर्थिक सहयोग गरेका छन् । प्रेस सेन्टर बागमती प्रदेश कमिटीका सचिव समेत रहेको देवकोटाले आज(आइतबार) आफ्नो जन्मदिनको अवसर पारेर भवन निर्माणका लागि प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई १० हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।



चितवनका क्रियाशील पत्रकार एवम् प्रेस सेन्टर बागमती प्रदेश कमिटीका सचिव सन्तोष देवकोटाले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनलाई आर्थिक सहयोग गरेका छन् ।
चितवनबाट प्रकाशित लोकतन्त्र सन्देश दैनिक पत्रिका सञ्चालक समेत रहेका पत्रकार देवकोटाले चितवनमा प्रेस चौतारीको देश कै पहिलो भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । पत्रकार संगठनका भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास देवकोटाले गरे ।




प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने पन्तलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताए ।
जन्मदिनमा भवन निर्माणका लागि सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम, पत्रकार महासंघ चितवनका सल्लाहाकार तिलकराम रिमाल, पत्रकार राजेश घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत मुल्य १ करोड ५० लाख रुपैयाँको छ । भवनको दोस्रो तला ढलानको अन्तिम तयारी गरिएको छ । पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ ।
प्रकाशित मिति: