रत्ननगरको सौराह चोक स्थित मिनि बसपार्कमा भाेली देखि पुष्प मेला हुँदै

0
29

रत्ननगर,कार्तिक २४- पूर्वी चितवनकाे रत्ननगरमा भाेली शनिबार देखि तिहार लक्षित पुष्प मेला आयाेजना गरिएकाे छ ।

रत्ननगरको सौराह चोक स्थित मिनि बसपार्कमा भाेली देखि पुष्प मेला हुँदै 3
रत्ननगरको सौराह चोक स्थित मिनि बसपार्कमा भाेली देखि पुष्प मेला हुँदै 4


रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघकाे सयुक्त आयाेजनामा मेला आयाेजना गरिएकाे छ । साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे मिनी बसपार्कमा मेला २८ गते सम्म चल्ने छ ।

आयाेजकले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी मेला व्यवस्थापन र उद्देश्यकाे बारेमा जानकारी गराएकाे छ । बजारमा प्लाष्टिक जन्य बस्तुहरु विक्री वितरणमा प्रतिबद्ध लगाएकाे नगरपालिकाले स्थानीय उत्पादनकाे बजारिकरणकाे लागि पुष्प मेला आयाेजना गरकाे हाे ।

मेलामा नगर भित्रका किसानले उत्पादन गरेकाे सयपत्री फुलकाे माला र महिला उद्यमीले उत्पादन गरेका भाईटीकाका सामाग्री विक्रीका लागि राखिने मेला व्यवस्थापन समितिका संयाेजक साेहेन्द्रराज खरेलले जानकारी दिए ।

रत्ननगरको सौराह चोक स्थित मिनि बसपार्कमा भाेली देखि पुष्प मेला हुँदै 8

उद्यमीलाई निशुल्क र व्यवसायीलाई प्रतिस्टल ५०० रूपैया शुल्क ताेकिएकाे छ । मेलामा ३० वटा स्टल राखिएकाे छ । संघका अध्यक्ष शंकर गिरील स्थानीय उत्पादनकाे बजारिकरणकाे लागि मेला आयाेजना गरिएकाे बताए । मेलामा फूलकाे माला सहित भाइटीकाका सामाग्री र कपडा पसल रहने उनले जानकारी दिए ।

रत्ननगरको सौराह चोक स्थित मिनि बसपार्कमा भाेली देखि पुष्प मेला हुँदै 9

पत्रकार सम्मेलनमा कार्यबहाक मेयर पाेटबहादुर घिमिरे, बजार व्यवस्थापन समितिका संयाेजक तथा वडा नं २ का वडाध्यक्ष राजन घिमिरे, वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकाेटा, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडा, कार्यालिका सदस्य राजेन्द्र हमाल लगायतकाे सहभागिता रहेकाे छ । रत्ननगरले फूलकाे मालाकाे मुल्य निर्धारण समेत गरेकाे छ ।