काठमाडौँ, कात्तिक २३- अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ ।

२८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।




चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो ।



झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।
प्रकाशित मिति: