चितवन प्रशासनद्वारा प्लाष्टिकको फूलमाला बिक्री वितरणमा प्रतिबन्ध

0
38

भरतपुर, कात्तिक २३- जिल्ला प्रशासन कार्यालय चितवनले तिहार लक्षित गरी प्लाष्टिकको फूलको माला बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

चितवन प्रशासनद्वारा प्लाष्टिकको फूलमाला बिक्री वितरणमा प्रतिबन्ध 1
चितवन प्रशासनद्वारा प्लाष्टिकको फूलमाला बिक्री वितरणमा प्रतिबन्ध 4
चितवन प्रशासनद्वारा प्लाष्टिकको फूलमाला बिक्री वितरणमा प्रतिबन्ध 5

प्रशासनले एक सुचना जारी गर्दै बिहिबार प्लाष्टिकजन्य फूलगुच्छा, माला लगायतका सामग्रीहरुको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ ।

चितवन प्रशासनद्वारा प्लाष्टिकको फूलमाला बिक्री वितरणमा प्रतिबन्ध 6

यसले वातावरणीय प्रदुषण गराउने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने जस्ता समस्याहरु देखिएका छन् ।

नेपालमा हुने पुष्प खेती, पुष्प कृषक र पुष्प व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्न सबैलाई अनुरोध गर्दै अनुगमनको क्रममा कही कतै प्लाष्टिकका फूल माला बिक्री गरिएको भेटिए कानुनी कारवाही गरिने सुचनामा जनाएको छ ।