राजनैतिक दलका प्रमुखहरुसंग उद्योग वाणिज्य संघ चितवनको छलफल

0
32


भरतपुर, कात्तिक २३- उद्योग वाणिज्य संघ–चितवनको बैठक कक्षमा आज समसामयिक विषयमा चितवनका राजनैतिक दलका प्रमुखहरु संग उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

राजनैतिक दलका प्रमुखहरुसंग उद्योग वाणिज्य संघ चितवनको छलफल 3
राजनैतिक दलका प्रमुखहरुसंग उद्योग वाणिज्य संघ चितवनको छलफल 4

कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले बर्तमान आर्थिक मन्दी, पूर्वाधार निर्माणमा भएको ढिला सुस्ती, यातायातका साधनहरुको पहुंच र व्यवस्थापन, व्यवसायीक अवस्थाको वारेमा सबै राजनितिक दलरुहको ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यक्रममा सबै राजनैतिक दलहरुले हामी सबै पार्टीको उद्देश्य चितवन जिल्लाको भौतिक एवं सामाजिक विकास गरी समृद्ध चितवन निर्माण गर्ने भएकोले सवै पार्टीको साझा धाराणा बनाएर अगाडी बड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

राजनैतिक दलका प्रमुखहरुसंग उद्योग वाणिज्य संघ चितवनको छलफल 5

छलफल कार्यक्रममा अहिले निर्माणधिन गोन्द्रयाङ्ग पुलचोक सडक छिटो सम्पन्न गर्नका लागि सम्बन्धित निकायहरुको ध्यानाकृर्षण गराउने, पूर्व चितवन, माडी र पश्चिम चितवन बाट आउने यात्रुवाहाक सवारी साधनालाई यात्रु झार्ने र ओराल्ने गरी नारायणगढ बजार पुलचोक, पोखरा बसपार्क हुदै बाईपास रोड परिक्रमा गराउका लागि साझा अवधारणा तय भएको छ ।

राजनैतिक दलका प्रमुखहरुसंग उद्योग वाणिज्य संघ चितवनको छलफल 6

ठोरी नाका खुलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल गर्न सवै राजनैतिक दल मिलेर पहल गर्ने सम्बन्धी छलफल भएको थियो । छलफलमा चाँड पर्वमा प्रयोग गरिने फुल स्थानिय उत्पादित फुलहरुको प्रयोग गरी पुष्प व्यवसायीहरुको प्रवद्र्धन गर्न सबैले आ–आफ्नो ठाँउबाट भुमिका निर्वाह गर्ने भनी छलफलमा आएको थियो ।

छलफल कार्यक्रममा नेपाली काङ्ग्रेसका चितवन जिल्ला सभापती राजेश्वर खनाल, नेकपा एमाले चितवन जिल्ला उपाध्यक्ष कमल पाठक, नेकपा माओवादी केन्द्र चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका संयोजक श्रीकृष्ण भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन जिल्ला उपाध्यक्ष जिवलाल पुरी, नेकपा एकिकृत समाजबादीका चितवन जिल्ला अध्यक्ष अरुण पिडित भण्डारी, नेकपा विप्लव सी चितवन जिल्ला अध्यक्ष उत्सव सी, राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगर संयोजक सिता ज्ञवाली, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी , उद्योग वाणिज्य संघ चितवनका निबर्तमान अध्यक्ष राजु श्रेष्ठ, पूर्व अध्यक्ष रामप्रसाद श्रेष्ठ, प्रचण्डलाल प्रधान, कल्याण जोशी, सहनलाल प्रधान लगायत संघका पदाधिकारीज्यूहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको संयुक्त छलफल कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।