काठमाडौँ, कात्तिक १८- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।





आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।




सन्देशमा राष्ट्रपति पुटिनले नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रकाशित मिति: