सौराहामा कार्तिक १८ गतेदेखि `केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता´हुने

0
19

रत्ननगर,कार्तिक १५ – पूर्वी चितवनको सौराहामा केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

सौराहामा कार्तिक १८ गतेदेखि `केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता´हुने 3
सौराहामा कार्तिक १८ गतेदेखि `केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता´हुने 4

राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीको आयोजनामा कार्तिक १८ गतेदेखि २१ गतेसम्म सौराहा स्थित सिसुवार मैदानका प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । प्रतियोगिताको तयारी अन्तिमा चरणमा पुगेको आयोजकले जनाएको छ ।

खेलको माध्यमबाट सौराहाको पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको युवा संघ नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा सात प्रदेशको ७ टिम र २ विभागीय टिमको सहभागिता रहने पन्तले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई दुई लाख, दोस्रो हुने टोलीलाई एक लाख, तेस्रो हुने टोलीलाई ५० हजार रुपैयाँ र विभिन्न विधामा ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एमाले रत्ननगर नगर कमिटी उपसचिव सागर मिश्रले जानकारी दिए ।

देशभरबाट १६० भन्दा बढी खेलाडीको उपस्थिति रहने प्रतियोगितामा १८ लाख भन्दा बढी खर्च हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एमाले रत्ननगरका सह इन्चार्ज केशब आचार्यले जानकारी दिए । खेलकुदकको माध्यमबाट आर्थिक मन्दीको असर परेको मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको पर्यटन विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

सौराहामा कार्तिक १८ गतेदेखि `केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता´हुने 8

पत्रकार सम्मेलनमा युवा संघ चितवन जिल्ला अध्यक्ष झलकराज भट्ट सहित युवा संघ जिल्ला तथा नगरका नेताहरूको उपस्थिति रहेको थियो ।

सौराहामा कार्तिक १८ गतेदेखि `केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता´हुने 9

यस अघि राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीले टिकौलीचौरमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गरेको थियो ।