आज दसैँ टीकाको तेस्रो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

0
34
Dashainj Tika

काठमाडौँ,कात्तिक ९- बडादसैँ अन्तर्गत आज तेस्रो दिन पनि मान्यजनबाट टीका, जमरासहित आशीर्वाद लिने क्रम जारी रहेको छ । 

आज दसैँ टीकाको तेस्रो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी 3
आज दसैँ टीकाको तेस्रो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी 4

विजयादशमीका दिन टीका लगाउन नभ्याएका र टाढा रहेकाहरूले पूर्णिमाका दिनसम्म मान्यजनकहाँ गएर आशीर्वाद लिने गर्छन्। तर, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ ।

आज दसैँ टीकाको तेस्रो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी 5

काठमाडौँ उपत्यकामा आज पनि  बिहानैदेखि टीका थाप्न आफन्तकोमा जानेहरूको चहलपहल देखिएको छ । ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दसैँमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ। दसैँले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ।

नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट मंगलबार टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो ।

आज दसैँ टीकाको तेस्रो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी 9

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।