दशैँमा उपत्यकाका सडक सुनसान

0
27

काठमाडौँ,कात्तिक ५- दशैँमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान प्राय देखिएका छन् ।

दशैँमा उपत्यकाका सडक सुनसान 3
दशैँमा उपत्यकाका सडक सुनसान 4

दशैँको सप्तमी दिन केही चहलपहल देखिए पनि अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्यून देखिएको छ । नेपालीको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो ।

दशैँमा उपत्यकाका सडक सुनसान 5

दशैँ मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्कँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन्।

सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन्।