मुक्तक

0
40

बसन्त आचार्य (रत्ननगर ९, मोहना, चितवन)

१.

कप कप पैसा पनि खान, मिल्ने भए!

मर्दा संगै धन सम्पती लान, मिल्ने भए!

कति हेप्थ्यो होला धनिले, गरिबलाई अझै,

स्वर्ग पनि पैसै तिरी, जान मिल्ने भए !

मुक्तक 3
मुक्तक 4

२.

तन भत्केको बेला अनि, मन भत्केको बेला!

सम्हाल्न खोज्दाखोज्दै, झन भत्केको बेला!

दशै आएछ आगनिमा, तिहार आएछ,

नआएनी हुन्थ्योनी चाड, धन भत्केको बेला !

मुक्तक 5

३.

बाटो हेर्दै मेरि दिदी, रुँदै होलिन् आगनिमा!

सम्झिएर मेरै तस्बिर, हुँदै होलिन् आगनिमा!

पोहोर जस्तै यसपालि नि, मेरी कान्छी बहिनी, सयपत्रि र मख्मलि फुल, उन्दै होलिन् आगनिमा!

मुक्तक 6

४.

मेहन्दी र चुराले हात, सजाउनिको खोजीमा छु !

पछौरिले मुख छोपी, लजाउनिको खोजिमा छु !

भोकभोकै व्रत बस्नु, अनिवार्य छैन,

बिहान साझ पुजाघन्टी, बजाउनिको खोजिमा छु !

मुक्तक 7

(लेखक शहीद स्‍मृति बहुमुखी क्याम्पस,रत्ननगरमा अध्यापनरत प्राध्यापक हुनुहुन्छ ।)