भरतपुर, असोज २८– भरतपुर महानगरपालिका वडा नं २३ का विपन्न समुदायका महिलाहरुलाई सेनेटरी प्याड बनाउने तालिम दिइएको छ ।




युएसएआइडीको सहयोगमा एडवान नामक संस्थाले सात दिने तालिमको आयोजना गरेको हो । उद्यमी समुह दलित महिलाहरुको जिबिकोपार्जनको लागि त्रिपक्षीय साझेदारी कार्यक्रम अन्तर्गत सहभागी , वडा र परियोजनाको लगानीमा मधुपुरी कोशिश महिला उद्यमी समुहमा आबद्ध २१ जना महिलाहरुलाई तालिम दिइएको हो । असोज २२ गते उपमेयर चित्रसेन अधिकारी उद्घाटन गरेको तालिम शनिबार सकिएको हो ।
सो अबसरमा उपमेयर अधिकारीले तालिममा सहभागीको तर्फबाट लाग्ने लागत महानगरले नै ब्यहोर्ने प्रतिबद्धता जनाएका थिए । समापन कार्यक्रममा एडवानकी अध्यक्ष बिन्दु परियार वडा नं २३ का वडाअध्यक्ष दीपक दवाडीले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । समापन मधुपुरी टोल विकास संस्थाका अध्यक्ष रेशम विकले बिपन्न तथा दलित महिलाहरुको जिबिकोपार्जन सुधार्न वडा र महानगरले चालेको कदमले आफुहरुलाई हौसला मिलेको बताए ।

कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष दीपक दवाडीले समुदायको उत्थानका लागि महानगरपालिका र वडा लागिरहेको बताउदै जात, लिङ्ग, भूगोल, शिक्षा र विकासको कारण तुलनात्मक रूपमा पछाडि परेको समुदायको महिलाहरुको आर्थिक समुन्नतिको लागि लगानी गरिएको बताए ।

कार्यक्रममा एडवानकी अध्यक्ष बिन्दु परियारले संस्थाको बारेमा जानकारी गराउदै महिलाहरुलाई आर्थिक, सामाजिक र राजनीतिक लगायत सम्पूर्ण रूपमा सशक्तिकरण गर्ने प्रतिबद्ध रहेकोे बताइन् । उनले महानगरमा परियोजनाको कार्यक्षेत्रहरु वडा नम्बर २३,२४,२५,२८ र २९ रहेको जानकारी दिँदै विपन्न समुदायका महिलाहरुलाई आत्मर्निभर बनाउन सीपमुलक कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।

तालिममा सावित्री भण्डारीले सहभागीहरुलाई सेनेटरी प्याड बनाउन सिकाएकी थिइन् । सस्थाकी उपाध्यक्ष तिर्थ कुमारी बिकले स्वागत मन्तव्य राखेका कार्यक्रममा महानगर गैरसरकारी संस्था समन्वय शाखाको प्रमुख पन्चमाया तामाङले पनि कार्यक्रममा मन्तव्य राखेकी थिइन् ।
प्रकाशित मिति: