चितवन,असोज २६ – चितवन जुत्ता चप्पल मेलामा ग्राहकको घुइँचो दिन प्रतिदिन बढ्दै गईरहेको छ । चाडपर्व नजिकिए सँगै सस्तो र भरपर्दो जुत्ता चप्पल आफ्नै ठाउँमा पाईने भएपछी यति बेला मेलामा ग्राहकको सोचेभन्दा बढी भिड लागेको हो।




चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी हलमा जुत्ता चप्पल मेला हाल सन्चालनमा रहेको छ।
जुत्ता चप्पल मेलाले सबै क्षेत्र तथा बर्गका उपभोक्ताको ध्यान तानेको छ। नेपालमै उत्पादित गुणस्तरिय स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य सामाग्री खरिद गर्न दिनभर प्रदर्शनी केन्द्रमा विभिन्न क्षेत्रबाट आउने उपभोक्ताहरुको भिड लाग्ने गरेको छ ।मेलामा चितवन लगायत आसपासका जिल्लाहरुबाट ग्राहकहरु आउने गरेका छन् ।
मेलामा रङ सुजका बजार प्रतिनिधी एवम् आयोजक सिता राम नेपालले आफ्नो स्टलमा सबै उमेर समुहका व्यक्तीहरुका लागि हुने १३ ब्राण्डका जुत्ताचप्पल पाइने बताए । उनले गुणस्तर र सुपथ मुल्यमा बिदेशी जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न सक्ने नेपाली कम्पनीका हरेक ग्राहकको रोजाईमा पर्ने जुत्ताचप्पल बिक्रिवितरण भईरहेको बताउँछन् ।

नेपाली जुत्ताचप्पलले बजारमा पनि प्राथमिकता पाउनुपर्ने उनको धारणा छ । नेपालमै उत्पादन हुने जुत्ताचप्पल मनिसहरुले लाउन पाउन र मेला सकिएपछी बजारका व्यापारिहरुले बिदेशी भन्दा नेपाली जुत्ता चप्पललाई पहिलो प्राथमिकतामा राखेर बिक्रिवितरण गरुन् भन्ने उदेश्यले मेलाको आयोजना भएको उनको भनाई छ ।
त्यस्तै आयोजक टिमकै बिएफ सुजका सौजन्य उपाध्यले आफ्नो स्टलमा सुपथ मुल्यमा बच्चा देखी बुढा सम्मका महिला पुरुषका लागि हुने नेपाली ब्राण्ड जुत्ताचप्पल पाउन सकिने बताए ।
दसैं नजिकिएसंगै मेलामामा दैनिक ८ देखी १० हजार ग्राहकहरुको उपस्थिती रहेको उनको भनाइ छ । बिदा र शनिबारको दिन अझ बढी ग्राहकको उपस्थिती हुने गरेको उनी बताउछन् ।
उनले भने, अघिल्लो पटकको मेलामा आउनुभएका ग्राहकहरु धेरै आउनु भाछ, ६ महिना अघी लगेको जुत्ताचप्पल राम्रो लाग्यो भन्दै ग्राहकहरु दोर्सो पटक आउनु भएको छ ।
मेलामा स्वच्छ सफा वातावरणमा इन्डोर स्टलहरु, प्रशस्त पार्किङ आदि मेलाका आकर्षणहरु हुन । असोज १० गते बुधबारबाट शुरु भएको जुत्ता चप्पल महोत्सव आगामी असोज ३० गते सम्म २० दिनका लागि चल्नेछ ।
महोत्सवमा पि जि शुज, बि एफ डियरहिल शुज, स्मार्ट शुज, फुट स्टेप, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, डिजे कलेक्सन, केटिएम शुज, शिल, हाईलाईफ़, बेली लगायतको नेपालका प्रख्यात १३ ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् ।
प्रकाशित मिति: