काठमाडौँ, असोज २४- इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आफैँ त्यसतर्फ जाने भएका छन् ।




सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको टोलीसहितको विमान त्यसतर्फ पठाउने निर्णय गरेको हो ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।
नेपालीलाई लिन त्यसतर्फ बुधबार राती विमान जाने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । नेपाल आउन चाहनेमध्ये सबैभन्दा बढी विद्यार्थीहरुलाई प्राथमिकतामा राखिएको उनले बताए ।
प्रकाशित मिति: