उदयपुर वनमा असोज २५ गते रक्तदान कार्यक्रम हुने

0
30

रत्ननगर,असोज २२- चितवनको कालिका नगरपालिकामा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समुहले यही असोज २५ गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।

उदयपुर वनमा असोज २५ गते रक्तदान कार्यक्रम हुने 3
उदयपुर वनमा असोज २५ गते रक्तदान कार्यक्रम हुने 4

वन संरक्षण र उपभोक्ताको जीविकोपार्जनको काम गर्दै आएको सो सामुदायिक वनले सामाजिक उत्तरदायित्व वहन गर्दै पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको हो । वनका अध्यक्ष शंकर लामाले चितवनमा देखिएको रगतको अभावलाई ध्यानमा राखेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

उदयपुर वनमा असोज २५ गते रक्तदान कार्यक्रम हुने 5

सामुदायिक वनका उपभोक्ताको रगतले विरामीको जीवन जोगाउन खोजिएको भन्दै उनले उपभोक्तासहित सम्पूर्णलाई रक्तदान गरेर पुण्य कार्यमा सरिक हुन आग्रह गरे ।

उदयपुर वनमा असोज २५ गते रक्तदान कार्यक्रम हुने 6