प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषदको विशेष बैठक आह्वान

0
68

काठमाडौँ,असोज २२- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको विशेष बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषदको विशेष बैठक आह्वान 3
प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषदको विशेष बैठक आह्वान 4

इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषदको विशेष बैठक आह्वान 5

आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।

प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषदको विशेष बैठक आह्वान 6

शनिबार इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषदको विशेष बैठक आह्वान 7

सचिवालयका अनुसार प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि कूटनीतिक पहल गरिरहेका हुन् ।

प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दुतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिइसकेका छन् ।