नेकपा एमाले सुदूरपश्चिम अधिवेशन आज सुरु हुँदै,अध्यक्ष ओलीले उद्घाटन गर्ने

0
37

काठमाडौँ,असोज २१- नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको मध्याह्न २ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमाले सुदूरपश्चिम अधिवेशन आज सुरु हुँदै,अध्यक्ष ओलीले उद्घाटन गर्ने 3
नेकपा एमाले सुदूरपश्चिम अधिवेशन आज सुरु हुँदै,अध्यक्ष ओलीले उद्घाटन गर्ने 4

पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीका अनुसार प्रदेशस्तरीय प्रथम अधिवेशनका लागि नौ वटै जिल्लाका प्रतिनिधिहरू धनगढी पुगिसकेका छन् ।

नेकपा एमाले सुदूरपश्चिम अधिवेशन आज सुरु हुँदै,अध्यक्ष ओलीले उद्घाटन गर्ने 5

ओलीसँगै पार्टीका महासचिव शंकर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू अधिवेशनको उद्घाटनमा सहभागी हुनेछन्। 

नेकपा एमाले सुदूरपश्चिम अधिवेशन आज सुरु हुँदै,अध्यक्ष ओलीले उद्घाटन गर्ने 6

अधिवेशनमा प्रदेश अन्तर्गत ९ जिल्लाका ६७५ प्रतिनिधि सहभागी रहने अध्यक्ष भण्डारीले जानकारी दिए। उनले आज उद्घाटन सत्र सकिएपछि साँझबाट बन्दसत्र सुरु हुने र सोमबारबाट नेतृत्व चयन प्रक्रिया आरम्भ हुने जानकारी दिए।

नेकपा एमाले सुदूरपश्चिम अधिवेशन आज सुरु हुँदै,अध्यक्ष ओलीले उद्घाटन गर्ने 7

सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि कमल तिमिल्सिना, अछामका पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र बच्चनबहादुर सिंहले आकांक्षा राखेका छन्।