चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी खुला

0
27

चितवन, असोज १९  तीन महिनादेखि बन्द रहेको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी खुला गरिएको छ । निकुञ्जभित्रको बाटो मर्मत गरेपछि पूर्वी क्षेत्रबाट जिप सफारी खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी खुला 1

बर्खा लागेपछि निकुञ्जले हरेक वर्ष तीन महिना जङ्गल सफारी बन्द गर्दै आएको छ । गत असार १६ देखि बन्द गरिएको सफारी असोज १६ देखि सुरु गरिएको हो । निकुञ्ज प्रवेश गरी पर्यटकलाई घुमाउन जिपले निकुञ्ज कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । सौराहाबाट निकुञ्ज आउन बाटोमा भएका अवरोध हटाउने, बाटो मर्मत गर्ने र जिपलाई अनुमति दिने काम भएको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी खुला 4
चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी खुला 5

चितवनको सौराहा, माडी, मेघौली, कसरा, नवलपरासीको अमलटारीलगायतबाट निकुञ्ज सफारी जाने गरिएको छ । सौराहाबाहेकका जिपले अनुमति लिनका लागि नआएकाले सञ्चालन नभएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । अन्य स्थानमा बाटो मर्मत भइरहेको जानकारी कार्यालयले दिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जिपले सफारीका लागि अनुमति पाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी खुला 6

गत साल कसराबाट १६, मेघौलीबाट नौ, अमलटारीबाट पाँच, कुजौलीबाट दुई र माडीबाट एउटा जिपले अनुमति पाएका थिए । बर्खासँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्टाखुल्टी हुने, खोल्सामा ‘कल्भर्ट’ भत्किने भएकाले जिप सफारी बन्द गरिएको थियो ।आजको गोरखापत्रमा खवर छ ।