खैरहनिमा दुर्ई दिने अचार बनाउने तालिम सम्पन्न

0
43

खैरहनी,असोज १८ – पुर्वी चितवनको खैरहनी नगरपालिकामा दुई दिने अचार बनाउने तालिम सम्पन्न भएको छ ।

खैरहनिमा दुर्ई दिने अचार बनाउने तालिम सम्पन्न 1

खैरहनी नगरपालिका वडा नम्बर- ११ द्वारा आयोजित सो तालिम वडा भित्रका दलित तथा एकल महिलाको जीवन उकास्नका लागी गरिएको हो।

खैरहनिमा दुर्ई दिने अचार बनाउने तालिम सम्पन्न 2

बुधबार देखि वडाको आफ्नै सभा हलमा शुरु भएको सो तालिममा ४० जना सहभागी रहेका थिए ।

वडा नम्बर ११ वडाअध्यक्ष दिपेन्द्र कुमार दराईको अध्यक्षता रहेको सो कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेती प्रमुख अतिथीको रुपमा रहनुभएको थियो।

खैरहनिमा दुर्ई दिने अचार बनाउने तालिम सम्पन्न 3

कार्यक्रममा बोल्दै उप-प्रमुख उप्रेतीले व्यावसायिक रुपमा अगाडि बढ्न र आर्थिक उपार्जनमा सहयोगी बनोस् भनेर सो तालिम दिइएको बताउनुभयो।

खैरहनिमा दुर्ई दिने अचार बनाउने तालिम सम्पन्न 4

उनले भनिन्, “कोही व्यावसायिकरुपमा अचार बनाउने व्यवसायमा लाग्न चाहे नगरपालिकाले आर्थिक तथा अन्य प्राविधिक सहयोग पनि गर्ने छ ।”

खैरहनिमा दुर्ई दिने अचार बनाउने तालिम सम्पन्न 5

तामा, अखबरे , खुर्सानी , मिक्स लगायतका अचार बनाउने सो तालिमको प्रशिक्षक कौसिला खड्का रहनुभएको थियो।