सिटिइभिटी द्वारा प्रादेशिक व्यवस्थापन गोष्ठी सम्पन्न

0
22

जनकपुरधाम,असोज १८ – सीटिईभिटी मधेश प्रदेशको आयोजनामा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदद्वारा मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रादेशिक व्यवस्थापन गोष्ठी २०८०को आयोजना  सम्पन्न गरेको छ ।

जनकपुरधामको मसला कटेजमा आज (बिहिबार) आयोजना गरिएको मधेश प्रदेशभरिकै आठ ओटै जिल्लाका सिटिईभिटी मातहातका प्राविधिक शिक्षालयहरुले अ–आफ्नो काम र कर्तवहरुको बारेमा प्रकाश पारेका थिए।

सिटिइभिटी द्वारा प्रादेशिक व्यवस्थापन गोष्ठी सम्पन्न 1

मधेश प्रदेशमा व्यापक बजेट भएतापनि सीटिईभिटी मधेश प्रदेशका कर्मचारीहरुले बिगत तीन महिना देखि तलब खान पाएका छैनन् । यहाँका राजनितीकर्मीहरुको आपसी झै झगडाका कारण अहिले सम्म तलब खुवाउन नसकेको उनीहरुले बताए । जसलेगर्दा उनीहरुले आफ्नो दैनिकी टार्न समेत धौधौ भएको दुखेसो पोखे ।

उनीहरुले मधेश प्रदेश सरकारका कारण संतोषजनक कार्य हुन नसकेको बताएका थिए। मधेश प्रदेशमा शिक्षाको स्तर खस्कनुमा मुख्य बाधक मधेश प्रदेश सरकार नै रहेको आरोप समेत लगाए । मधेश सरकारले एक त आफु केहि गर्न नसक्ने र अरुले केहि गर्नलाग्दा पनि उनीहरुले देख्न नहुने आक्रोश पोखे ।

तिनीहरुले मधेश प्रदेशको शिक्षाको गुणस्तरलाई कसरी माथि उकास्नुपर्छ भन्नेमा जोड दिएका थिए । मधेस प्रदेशका छात्र छात्राहरु विदेश पलायन हुनुको मुख्य कारण नै यहाँको फोहोेर राजनिती र गुणस्तरहीन शिक्षा प्रमुख कारण हो भनी उनीहरु चिन्तीत थिए ।

सिटिइभिटी द्वारा प्रादेशिक व्यवस्थापन गोष्ठी सम्पन्न 2

प्राविधिक शिक्षालयहरुले आफुलाई जस्तोसुकै परिस्थीति आएपनि आफ्नो गुणस्तरमा कुनै प्रकारको कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे । हामीले सरकारबाट प्राप्त बजेटमा कुनै किसमिको चलखेल नगरी सम्पूर्ण रकम प्राविधिक शिक्षामै खर्च गर्दै आईरहेको बताए ।

सिटिइभिटी द्वारा प्रादेशिक व्यवस्थापन गोष्ठी सम्पन्न 3

अरबिन्द्र कुमार चौधरीको संयोजकत्वमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिष्द मधेश प्रदेशका उपनिर्देशक संजय कुमार यादबले उद्घोष गर्नु भएको थियो भने मधेश प्रदेशका आठ ओटै जिल्लाका प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिष्दका प्रमुख तथा उनका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।