रत्ननगर खानेपानी र दुई स्वास्थ्य संस्था बीच उपचार सम्बन्धी सम्झौता

0
33

रत्ननगर, असोज १६- रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र दुई स्वास्थ्य संस्था बीच उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ ।

रत्ननगर खानेपानी र दुई स्वास्थ्य संस्था बीच उपचार सम्बन्धी सम्झौता 1

रत्ननगर खानेपानी र भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि तथा चितवन ओम साइराम पोलिक्लिनिक प्रा.लि रत्ननगर बीच उपभोक्ताहरुको उपचारमा २५ प्रतिशत सम्म छुट दिने गरी मंगलबार सम्झौता भएको हो । रत्ननगर खानेपानीको कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लिले २५ प्रतिशत र ओम साइरामले २० प्रतिशत छुट दिने गरी सम्झौता पत्रका हस्ताक्षर गरिएको हो । रत्ननगर खानेपानीका उपभोक्ता तथा तिनका परिवारले समेत छुट सुविधा पाउने गरी अस्पतालसंग सम्झौता गरिएको छ । त्यसका लागि संस्थाले मंगलबारबाटै उपभोक्ता कार्ड समेत वितरण सुरु गरेको छ ।

रत्ननगर खानेपानी र दुई स्वास्थ्य संस्था बीच उपचार सम्बन्धी सम्झौता 4
रत्ननगर खानेपानी र दुई स्वास्थ्य संस्था बीच उपचार सम्बन्धी सम्झौता 5

रत्ननगर खानेपानीको तर्फबाट अध्यक्ष माधव अर्याल र भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि तथा ओम साइरामका अध्यक्ष अमृत कुमार राज भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भरतपुर सेन्ट्रल हस्पिटलमा आपीडि टिकट, भिडियो एक्सरे, इको, डेन्टल, शल्यक्रिया, एक्सरे, वेड चार्ज, आइसीयू, रगत जाँच, इसीजी, फिजियो थेरापीमा २५ प्रतिशत र औषधिमा ५ प्रतिशत छुट तथा ओम साइराममा एक्सरे, इसीजी, रगत जाँच, फिजियो थेरापीमा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट दिने गरी सम्झौता भएको छ ।

रत्ननगर खानेपानी र दुई स्वास्थ्य संस्था बीच उपचार सम्बन्धी सम्झौता 6

सो अबसरमा भरतपुर सेन्ट्रल हस्पिटलका बरिष्ठ डाक्टर सुर्यज्योति श्रेष्ठले काठमाडौंको ग्राण्डी अस्पतालसंगको सहकार्यमा सेन्ट्रल हस्पिटलको सेवालाई प्रभावकारी बनाएको भन्दै छुट सुविधा सहित उपचार गरेर जीवन जोगाउन खानेपानीका उपभोक्ताहरुलाई आग्रह गरे । कार्यक्रममा रत्ननगर खानेपानीका अध्यक्ष अर्यालले संस्थाले खानेपानी वितरणसंगै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको बताए । उनले उपभोक्ताको स्वस्थ्य सुरक्षाको लागि दुई स्वास्थ्य संस्थासंग उपचार सम्बन्धी सम्झौता गरिएको बताए । १३ हजार बढी उपभोक्ता रहेको सो संस्थाबाट वितरण हुने पानी एक लाख जनाले उपभोग गर्दै आएको र दैनिक एक करोड लिटर पानी वितरण गर्दै आएको छ ।

रत्ननगर खानेपानी र दुई स्वास्थ्य संस्था बीच उपचार सम्बन्धी सम्झौता 7

संस्थाका सचिव प्रताप डल्लाकोटीले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वगत मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष सरस्वती लामा, कार्यसमिति सदस्यहरु मीना श्रेष्ठ, शशीकला प्रधान, लक्ष्मी भट्ट लामिछाने, लेखा समिति सदस्य पार्वती बानिया लगायत वडा संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो ।