बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन : नायक प्रदीप खड्का

0
35

काठमाडौं, असोज १५- नायक अनमोल केसीलाई निर्माता-निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्‍याएपछि नायक प्रदीप खड्काले सामाजिक सञ्जाल मार्फत कटाक्ष व्यक्त गरेका छन् ।

बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन : नायक प्रदीप खड्का 1

खड्काले कसैको नाम नलिएको भएपनि स्टाटस अनमोलविरुद्ध लक्षित छ । स्टाटसमा खड्का लेख्छन्, ‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने ।

बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन : नायक प्रदीप खड्का 2विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’

बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन : नायक प्रदीप खड्का 3खड्काको थप भनाइ यस्तो छः

बुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफूले जिते सम्झेर रमाउन त सक्लाउ, एकतिर उन्नत समाजले सामान्य मानेर दुलही स्वीकार्न पनि समस्या नहोला, तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको इच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ ।

खैर १ चाहे १ दिन होस् वा १ दशक, चाहे कानूनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानूनले दिलाउने पनि त्यही नै हो । ५/७ ओटी दुलही सोझा परे, मजाले पेलियो भन्दैमा, सवै एकै नहोलान् नि  !

यो पल्टको अलि गार्‍हो खाल्की छे भन्ने बुझ्न पर्ने ।

चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको बीचमा अन्तिम निर्णयको अधिकार कम परिचित रेफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नबुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान्, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान् र जिन्दगी हुन सक्छ । खेलको बीचबीचमा रुवाबासी गर्नु भन्दा मैदान पस्न अगाडि सोचेर निर्णय गरौं ।

कानून राजको विकल्प छैन ।

यो स्टाटसमा थुप्रै नकारात्मक प्रतिक्रिया आएपछि प्रदीपले अलिकति मिलाउने प्रयास गरेका छन् ।

उनी थप्छन्, ‘विवाह  (प्रतिवद्धता) पनि डिभोर्समा जेल हुन्छ जस्तो लागेन अंश  (क्षतिपूर्ति) चै हुन्छ है । आत्मरक्षाको लागि गरेको हत्या पनि जधन्य अपराध नहुन सक्छ, यसले प्रत्येक कार्यको पछाडिको मनसाय र नियतले मुद्दाको प्रकृति निर्धारण गर्दछ भन्ने बुझाउछ । जानाजानी र नियमित कु-अभ्यास पक्कै कानून र अख्तियारको दुरुपयोगको मामला हुन जान्छ ।’

नेपाली चलचित्रमा बौद्धिक अभिनेताको छवि बनाएका खड्काको यो स्टाटसमा भने ‘बौद्धिकता’ भन्दा अनमोलप्रति कुन्ठा झल्किएको धेरैको टिप्पणी छ । अनमोलले छोडेको फिल्म पाउने आशामा सुदर्शनलाई खुशी पार्न खोजेको अनुमान पनि कतिपयले गरेका छन् ।