चितवन,असोज १५- बजाज कम्पनीले अलओभर नेपाल फ्री सर्भिस क्याम्प आयोजना गरेको छ ।
यहीँ १४ गतेबाट सुरु गरेको क्याम्प मंगलबार १८ गते सम्म सञ्चालन हुनेछ ।
क्याम्पमा बजाज कम्पनिको जुनसुकै मोटर साइकल फ्रीमा सर्भिसिङ गरिने, मोटरसाइकल मर्मतमा विशेष छुट दिने एन.के. मोटर्सका संचालक विजय कंडेलले जानकारी दिए ।
साथै,मोटरसाइकल सर्भिसिङ गर्दा हरेक दिन आकर्षक उपहारको साथै सम्पर्क गरेर जुनसुकै समयमा सर्भिसिङ गर्न सकिने सुविधा रहेको उनले बताए।
लेवर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा २५ प्रतिशत, स्पोर्ट्स पार्ट्समा १० प्रतिशत टायरमा १० प्रतिशत छुट रहेकोले बजाज प्रयोगकर्तालाई समयमै छुटको लाभ उठाउन समेत कंडेलले आह्वान गरेका छन्।