राप्ती, असोज १४ – शनिबार बिहान ९ बजेको समयमा राप्ती नगरपालिका वडा नं–११, डुम्रेखाडीबाट लागूऔषध गाँजासहित दुई युवा पक्राउ परेका छन् ।
प्रहरी टोलीले सूचनाका आधारमा नारायणगढबाट हेटौँडा आउँदै गरेको बसमा सवार नवलपरासीको रामग्राम नगरपालिका वडा नं–१२ बस्ने ३० वर्षीय किसुन भर र सोही ठाउँका १९ वर्षीय अर्जुन भरलाई चेकजाँच गर्दा निजहरूको साथबाट छ केजी गाँजा र १८ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुई युवालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
२५ केजी गाँजा बरामद
यस्तै, शनिबार बिहान २ बजेको समयमा राप्ती नगरपालिका वडा नं–२, गडौलीबाट मोटरसाइकलमा गस्तीमा खटिएको प्रहरीले २५ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।
दुई वटा प्लास्टिकको झोलामा गाँजा लिएर आएका मानिस गस्ती टोलीलाई देखेपछि झोला छाडेर भागेका थिए । फरार व्यक्तिहरू भने खोजतलास गर्दा फेला नपरेको प्रहरीले जनाएको छ ।