भरतपुर , असोज १४ – जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले नेपालीहरूको चाड दसैँतिहार २०८० लाई लक्षित गरी ‘यो दसैँ–तिहार, हरेक दिन टिभी उपहार’नामक योजना सार्वजनिक गरेको छ । यो योजना भदौ २७ गतेदेखि नेपालभर सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
यो योजनाअन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदपश्चात लक्की ड्रमार्फत ४० दिनसम्म ४० भाग्यशाली ग्राहकले प्रत्येक दिन सेन्साईको २४ इन्चको टिभी उपहार जित्न सक्नेछन् । सेन्साईका ग्राहकहरूले आफूलाई लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरी प्राप्त भएको फर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेन्टी कार्ड नम्बरजस्ता विवरण भर्नुपर्नेछ । कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन सुविधा प्रदान गरेको छ ।
यस्तै, शून्य प्रतिशतमा फाइनान्स सुविधामा पुराना सामान फेरबदल गरी नयाँ सामान लैजान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा तथा चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले ‘सिजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छूट पाउनेछन् । यी सुविधाका लागि ग्राहकहरूले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन् ।
नेपालभर सेन्साई ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौँभित्र टङ्गाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, गठ्ठाघर, टेकु, नयाँ बजार र काठमाडौँबाहिर बनेपा, पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा रहेका छन् ।