ब्रिटिस काउन्सिलद्वारा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजलाई ‘हाइ पर्फमिङ अवार्ड’ प्रदान

0
25

भरतपुर , असोज १४ – ब्रिटिस काउन्सिलले एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजलाई ‘हाइ पर्फमिङ पार्टनर रेकग्नेसन अवार्ड’ प्रदान गरेको छ ।

ब्रिटिस काउन्सिलद्वारा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजलाई ‘हाइ पर्फमिङ अवार्ड’ प्रदान 1काठमाडौँको होटेल सोल्टीमा आयोजित कार्यक्रममा वर्ष २०२२/२३ मा आइइएलटिएस परीक्षामा सबैभन्दा धेरै विद्यार्थी सहभागी गराउन सफल भएकोमा एक्सपर्ट एजुकेसनलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुखअतिथि नेपालका लागि बेलायती राजदूत रोब फेनले उक्त अवार्ड प्रदान गरेका हुन् ।

ब्रिटिस काउन्सिलद्वारा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजलाई ‘हाइ पर्फमिङ अवार्ड’ प्रदान 2ब्रिटिस काउन्सिल नेपालका परीक्षा निर्देशक म्याक्सिम रायमनले एक्सपर्टका देशभरका शाखाहरुले आइइएलटिएस परीक्षामा धेरै उत्कृष्ट विद्यार्थीहरूलाई सहभागी गराउन सफल भएकाले उक्त अवार्ड प्रदान गरिएको बताए ।

ब्रिटिस काउन्सिलद्वारा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजलाई ‘हाइ पर्फमिङ अवार्ड’ प्रदान 3

उक्त अवार्ड एक्सपर्ट काठमाडौँ पुतलीसडकका निर्देशक खेम संग्रौला, एक्सपर्टका रिजनल म्यानेजर (अप्रेसन) किरण पौडेल (नरहरि), आइएलटिएस इन्सट्रक्टर प्रिन्सिपल प्रचण्ड हमाल, एक्सपर्ट चितवनका सिनियर आइएलटिएस इन्सट्रक्टर आशिष कर्माचार्य, आइएलटिएस इन्सट्रक्टर कृष्ण खड्गी, एक्सपर्ट कर्पोरेट अफिसबाट प्रकाश सुवेदी, एक्सपर्ट दाङका निर्देशक सुनिलराज भण्डारी, एक्सपर्ट इटहरीका निर्देशक कमल तिमिल्सिना, एक्सपर्ट विराटनगरबाट अनुभव दाहाल, एक्सपर्ट बुटवलबाट शंकर सापकोटा, एक्सपर्ट पोखरालगायत शाखाका निर्देशक, म्यानेजरहरुले संयुक्तरूपमा ग्रहण गरेका थिए ।ब्रिटिस काउन्सिलद्वारा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजलाई ‘हाइ पर्फमिङ अवार्ड’ प्रदान 4

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट स्न २००३ अगस्त ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखा रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई अस्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजिल्यान्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसँगै आइइएलटिएस कक्षाहरूसमेत सञ्चालन गर्दै आइरहेको छ ।