भरतपुर महानगरद्वारा ३० नगर प्रहरीको माग

0
24

भरतपुर, असोज १४ – भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो । महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक एक जना, प्रहरी नायब निरीक्षक एक जनासहित ३० जना माग गरिएको छ ।

भरतपुर महानगरद्वारा ३० नगर प्रहरीको माग 1सबैभन्दा धेरै प्रहरी जवान खुलातर्फ १३ जना माग गरेको छ । यस्तै, महिला प्रहरी जवान तीन जना, दलित तीन जना, आदिवासी जनजाति तीन जना, थारु दुई जना र मधेसी एक जना मागेको छ ।

भरतपुर महानगरद्वारा ३० नगर प्रहरीको माग 2असोज २९ गतेसम्म आवेदन दिन सकिने महानगरद्धारा जारी सूचनामा जनाइएको छ । थप जानकारी महानगरपालिकाको वेबसाइटबाट प्राप्त गर्न सकिने छ । यससँगै भरतपुर महानगर नगर प्रहरीको कमाण्ड डिएसपीको हुने छ ।

भरतपुर महानगरद्वारा ३० नगर प्रहरीको माग 3

यसअघि प्रहरी निरीक्षक इन्स्पेक्टरको कमाण्डमा रहेको थियो । छनोटका लागि शारीरिक तन्दुरुस्ती र आत्मबल परीक्षणमा दौड दुई सय मिटर, हाइजम्प र लङ्जम्प, सेटअप, पुसअप र चिन अप गर्नुपर्ने हुन्छ । पूर्वनेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाली प्रहरीको सम्बन्धित निकायबाट अनुभव हुनुपर्ने प्रावधान रहेको छ ।