पशुपतिनाथमा सुनको जलहरी प्रकरण : अख्तियारद्वारा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (आरोपपत्रसहित)

0
22

काठमाडौँ, असोज १४ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको मन्दिरस्थित गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहर गर्दै तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पशुपतिनाथमा सुनको जलहरी प्रकरण : अख्तियारद्वारा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (आरोपपत्रसहित) 1

अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पशुपतिनाथमा सुनको जलहरी प्रकरण : अख्तियारद्वारा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (आरोपपत्रसहित) 2

सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।